माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो ४ बजे

माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो ४ बजे


ग्लोब नेपाल
594
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक परिस्थितिबारे र बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा छलफल हुने बताइएको छ । त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।