मेयर बालेनले बोलाए महानगरको कार्यपालिका बैठक

मेयर बालेनले बोलाए महानगरको कार्यपालिका बैठक



काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ ।

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो । अब कार्यपालिका बोलाइएसँगै बजेटको अन्योलता हटेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असारको १० गतेभित्र बजेट पेस गरिसक्नुपर्ने भएपनि काठमाडौं महानगरपालिकाले अहिलेसम्म बजेट ल्याएकाे छैन ।