पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन् : भानुभक्त ढकाल

पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन् : भानुभक्त ढकाल



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न निर्देशन दिएका छन् ।

जनसंगठनहरूका पदाधिकारी भेला राखेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको जानकारी पनि दिए ।

‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालले भने, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’

पार्टीको महाधिवेशनबाट पारित भएको विधानबारे टिप्पणी नगर्न ढकालले चेतावनी दिए । ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ,’ ढकालले भने ।