काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन दोस्रो साता स्थायी समिति बैठक बोलाउने भएको छ । केन्द्रीय पदाधिकारीको बिहीबार बसेको बैठकले स्थायी समिति बैठक गरी पार्टीको कार्यक्रम बनाउने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकले पार्टीको महाधिवेशन गर्नेबारे निर्णय गर्न सक्ने एक पदाधिकारीले बताए । गत पुसमा बसको स्थायी कमिटीले छ महिना राजनीतिक अभियान चलाएपछि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
२०७८ पुसमा माओवादीले महाधिवेशन भएको थियो । त्यो महाधिवेशनले अपुरो केन्द्रीय समिति चयन गर्दै सकिएको थियो । त्यसको ६ महिनापछि पदाधिकारी र स्थायी समिति चयन गरेको थियो ।


प्रतिक्रिया