मेरो नेतृत्व पाएपछि एमाले शक्तिशाली चुम्बक बन्छ: विद्या भण्डारी

मेरो नेतृत्व पाएपछि एमाले शक्तिशाली चुम्बक बन्छ: विद्या भण्डारी

ओलीकै प्रस्तावमा म सर्वसम्मत एमाले अध्यक्ष बन्छुः विद्या


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले अध्यक्ष भएपछि वामपन्थी एकताको ढोका खुल्ने बताएकी छन् । इमेज च्यानलका लागि पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा उनले आफ्नो आगामी राजनीतिक यात्राबारे यस्तो बताएकी हुन् । भण्डारीले एकै जना सधैं नेतृत्वमा रहन नहुने भन्दै केपी ओलीले अब तेश्रो कार्यकाल अध्यक्ष बन्ने चाहना राख्न नहुने स्पष्ट पारिन् । ओलीकै प्रस्तावमा आफू सर्वसम्मत एमालेको अध्यक्ष बन्ने दाबी उनको छ ।

एमाले अध्यक्ष बनेपछि वामपन्थी एकता गर्ने विद्या भण्डारीको घोषणा

‘एकजना व्यक्तिले सधैं पदीय जिम्मेवारी धानी रहन सक्दैन । टिमबाट कसै नै कसैले जिम्मेवारी लिनुपर्ने हुन्छ । हाम्रो पार्टीमा त लोकतान्त्रिक अभ्सायहरु चलको छ’, भण्डारीले भनिन् ।

नेतृत्व हातमा लिएपछि पार्टीमा हाल विद्यमान विकृति र विसंगति रोक्ने तथा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने दाबी गरिन् । एमालेलाई चुम्ककको रुपमा विकास गरेर अन्य साना कम्युनिष्ट घटकहरुलाई तान्ने योजना उनले सुनाइन् । पटकपटक पार्टी विभाजन भएको र गुटबन्दी भएकाले त्यसलाई समाधान गर्ने मनसायले पनि आफू राजनीतिमा आएको उनको भनाइ थियो ।

आफूले पार्टी सदस्यता नवीकरण गरेर एमालेमा जोडिएको विषयलाई पार्टी पंक्ति र देशले नै सकारात्मक रुपमा लिएको जिकिर भण्डारीले गरिन् । पार्टीमा नयाँ ऊर्जा र जोश जाँगर पैदा भएको भण्डारीले उल्लेख गरिन् । विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच राष्ट्रिय एजेण्डामा वा एकता दुवै हुन सक्ने भण्डारीले स्पष्ट गरिन् ।

‘लाइक म्याण्डेट समूहको रुपमा वामपन्थीहरुबीच राष्ट्रिय इस्युहरुमा पनि सहकार्य गर्नुपर्छ । यो पक्ष ऊ पक्ष भनेर संकीर्णतामा जानु हुँदैन’, भण्डारीले भनिन्, ‘एमाले पनि देशको वामपन्थी पार्टी हो । यसलाई शक्तिशाली बनाउने हो । चुम्बकले साना कणहरु त तान्छ नै । नेकपा एमाले एउटा सक्षम राष्ट्रिय शक्ति हुन्छ । शक्तिशाली चुम्बक हुन्छ । त्यसका वरिपरि अरु सानासाना कणहरु आउन सक्छन् । एमाले निर्णायक ढंगले अगाडि बढ्दा ‘लाइक म्याण्डेट’ शक्तिहरु आउन सक्छन् भन्ने हो ।’