काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीमा चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने तथा पार्टी सदस्यता समेत खोस्ने हर्कतको छलफल र समीक्षा गर्नुपर्ने बताएकी छन् ।
शुक्रबार बिहान एमाले सचिव योगेश भट्टराईले फेसबुकमा एमाले भित्रको किचलोलक्षित गरेको टिप्पणीमा तिम्सिनाले जवाफ फर्काउदै कार्यकर्ताले पेलिनुको पनि हद हुन्छ भन्ने गरेकाे बताइन् ।
तिम्सिनाले भट्टराईको फेसबुक स्ट्याटस सेयर गर्दै लेखेकी छन् दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएकोदेखि राप्रपासँग गरेको चुनावी गठबन्धनबारे स्मरण गराएकी छन् ।
‘विगत ११ वर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन्’, तिम्सिनाले भनेकी छन्, ‘तर राजनीति त विधि र बिचारमा टेकेरै हिँड्नुपर्छ । फेरि पनि सांगोपांगो हिसाब–किताब केन्द्रीय कमिटीले गरोस् ।’
उनले दुर्गा प्रसाईंले केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेन, कमल थापा, धवलशमशेर राणादेखि दिपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने तथा पार्टी सदस्यता समेत खोस्ने हर्कतको छलफल र समीक्षा गर्नुपर्ने बताएकी छन् ।
‘खतराको घण्टी, सच्चिने वा सक्किने लगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाउँ (स्पेस) हामीसँग छैन जस्तो लाग्छ । लालसलाम’, तिम्सिनाले भनेकी छन् ।


प्रतिक्रिया