गुल्मीको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ।
आइतबार बिहान कालिगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नं.–१ गरगरेको बीचमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार चट्टानसहितको पहिरोले सडक पूरै पुरिएकाले सवारी साधन चल्न सकेका छैनन्, जसका कारण यात्रुहरू र स्थानीय बासिन्दा प्रभावित भएका छन्।
सडक खुलाउन इलाका प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा टोली परिचालन गरिएको छ।


प्रतिक्रिया