सरकारलाई रास्वपाको प्रश्न- दुई तिहाइको सुशासन भनेको यही हो ?

सरकारलाई रास्वपाको प्रश्न- दुई तिहाइको सुशासन भनेको यही हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेकोमा दुई तिहाइको सुशासन भनेको यही हो ? भन्दै प्रश्न गरेकी छन् ।

‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरुमा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो,’ उनले भनिन् ।

एक मन्त्रीले अर्को मन्त्रीको नाम लिएको पनि उनले स्मरण गरिन् । ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं,’ उनले प्रश्न गरिन्, ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो ? अडियोमा ‘बा’ भनेको को हुन् ?’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको एउटा अडियो सार्वजनिक भएको छ ।

उक्त अडियोलाई लिएर सांसद श्रेष्ठले सरकारलाई प्रश्नमाथि प्रश्न गरेकी छन्, ‘दुई तिहाइको सुशासन भनेको के यही हो ? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन ? पहिला पनि यस्तै अडियो काण्ड घटेको थियो – यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यहि दुई तिहाइ भनेको मिलिजुली भाग खानकालागि हो ? कसको तागतको भरमा, कसको संस्कारमा ? के फरक भयो त यी वर्षहरूमा ? जनताले के पाए ?