काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालमाथि भएको कारबाहीको विषयमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ।
महामन्त्री पदबाट हटाइएका ढकालले रास्वपालाई प्रतिवादी बनाएर उत्प्रेषण आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले कारबाहीसम्बन्धी मूल फाइल माग गर्ने आदेश दिएको हो।


प्रतिक्रिया