मन्त्रीको घुस डिलबारे साँझ ६ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने

मन्त्रीको घुस डिलबारे साँझ ६ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

घुस डिल गरेको सम्बन्धी अडियो सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सोमबार बिहान करिब १ घण्टा मन्त्री गुप्ता र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

भूमि आयोग, कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय, कास्कीको तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लेनदेन सम्बन्धी ‘डिल गरेको’ अडियो यतिबेला सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।