काठमाडौँ । मौद्रिक नीतिपछि पहिलो दिन दोहोरो अङ्कले उक्लिएको शेयर बजार आज पुनः दोहोरो अङ्कले नै ओरालो लागेको छ।
मंगलबार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २,७२५.७१ विन्दुमा झरेको छ। आज जलविद्युत् बाहेक अन्य सबै उपसमूहको शेयर ओरालो लागेको छ, जसमा बैंकिङ समूहको सूचक करिब २.५ प्रतिशतले घटेको छ।
सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर मूल्यमा पनि करिब ४.५ प्रतिशतको गिरावट आएको छ। यद्यपि बजार समग्रमा घट्दासमेत माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० मा करिब ६ प्रतिशतको वृद्धि देखिएको छ।
कारोबार रकम पनि घटेको छ। हिजो ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३२१ कम्पनीका २ करोड ११ लाख कित्ता शेयर मात्र ८ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएका छन्।


प्रतिक्रिया