प्रधानमन्त्री ओलीले देउवा र यादवलाई बोलाए बालुवाटार

प्रधानमन्त्री ओलीले देउवा र यादवलाई बोलाए बालुवाटार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि बाेलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र यादवसँग संयुक्त बैठक गर्ने तय भएको प्रधानमन्त्री ओलीकाे सचिवालयले जानकारी दिएकाे छ । मन्त्रिपरिषद्को बैठकपछि साँझ ७ बजे दुई दलका सभापतिसँग भेट्ने कार्यक्रम तय भएको हाे ।

भेटमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलिङको अडियो काण्डबारे, सरकारका एक वर्षको समीक्षा र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने सचिवालयले जनाएकाे छ ।

यादव नेतृत्वको पार्टीलाई पनि मानेसम्म सरकारमा ल्याउने प्रयासमा ओली र देउवा रहेका छन् ।