‘शाम्बाला’ लाई वर्ष उत्कृष्ट चलचित्र पुरस्कार

‘शाम्बाला’ लाई वर्ष उत्कृष्ट चलचित्र पुरस्कार

विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता/अभिनेत्री



काठमाडौं । मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ ले वर्षको उत्कृष्ट चलचित्र पुरस्कार पाएको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट निर्देशकको पुरस्कार पनि भामले नै पाएका छन् ।

यस्तै नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै कमाउने ‘पूर्णबहादुरको सारङ्गी’ बाट विजय बरालले उत्कृष्ट अभिनेता र ‘खुस्मा’ बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेतीको पुरस्कार जितेका छन् ।

यस्तै ‘पुजार सार्की’ बाट भरत रेग्मीले उत्कृष्ट सम्पादक, ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाँकार, ‘छक्कापञ्जा ५’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखन, नेपाल भाषाको ‘गालय् वान’ ले उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार जितेका छन् ।

यस्तै निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘पुजार सार्की’ बाट प्रदीप खड्काले प्राप्त गरेका छन् । सबै विधामा उत्कृष्टले २५ हजार रुपैयाँ पाएका छन् ।

यसैगरी चलचित्र विकास बोर्डले निर्देशक लक्ष्मीमानथ शर्मालाई ३ लाख ७५ हजार रुपैयाँसहित दीर्घ साधना सम्मान प्रदान गरेको छ । यस्तै बोर्डले श्रवण मास्केलाई ५० हजार रुपैयाँको मरणोपरान्त विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ ।