काठमाडौं । सरकारको विपद् व्यवस्थापन संरचना कागजमा मात्र बलियो, कार्यान्वयनमा बिलम्ब र समन्वयविहिन रहेको नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बताएकी छन् । यो नीतिगत असक्षमता हो कि उपेक्षा ? संसदको विशेष समयमा बोल्दै गौतमले प्रश्न गरिन– ‘यस बर्ष झनै धेरै बर्षा हुने अनुमानको साथ २० लाख मानिस प्रभावित हुने भनिएको छ, सरकारको गम्भीरता खै ?’
उनले भनिन्, ‘देश प्राकृतिक विपतिका कारण संकटमा छ । अहिले देशका विभिन्न भू–भागमा भीषण बर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भइरहेको छ । अधिकांश राजमार्गहरु अबरुद्व छन् । मानिसको जनजीवन कष्टकर बनेको छ । दर्जनौं नागरिकको ज्यान गुमेको छ, सयौंको संख्यामा बिस्थापित भएका छन् । घरबारबिहिन भएका नागरिक असुरक्षित छन् । सरकारको पूर्वतयारी देखि राहत तथा उद्वार कार्य सुस्त र असंगठित देखिएको छ । पहिरो वाढी र डुबान हाम्रो प्रत्येक बर्षका पीडा हुन तर, दुखको कुरा के हो भने, प्रत्येक बर्ष उही संकटमा परेर टालटुल उपाय गर्दै आएका छौं । न पूर्व तयारी – न दीर्घकालिन समाधान ? प्रत्येक बर्ष यस्ता आपत आइरहँदा राज्यको नीति पूर्वतयारी र जोखिम न्यूनीकरण किन प्रभावकारी हुन सकेन ?’
देशको ६०५ भन्दा बढी जनसंख्या कृषिमा आर्षित छ। हरेक बर्ष मलको हाहाकार, गुणस्तरीय विऊको अभाव, बजारको अनिश्चतामा अल्झीएका छौ। कृषकले खेतमा पसिना बगाउछन्, सरकार बेखबर भएर मल खरिद प्रकृया अलमलमा छ । मल आपूर्तिमा हुने अनियमितता र ढिलाइ नियोजित ढंगले भईरहेको आशंका किसानले गरिरहेका छन् । हाम्रो कृषि प्रणाली गंभिर संकटमा परेको छ। विऊको गुणस्तर अनुगमन विनानै भईरहेको छ। किसानले उपादन गरेपनि बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्यको अभाबले गर्दा उनिहरु निरास भएका छन् । सदनमा मा। मन्त्रीज्यूले जवाफ दिनुभएको छ, तर समस्या उस्तै छ।
माटो विऊ गुणस्तरीय उत्पादनलाई हेर्दा आजको दिनमा रासायनिक मल कटौती गर्दै पाङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने अवस्था छ। प्राङ्गारीक मलमा किसानलाई सहुलियत र प्रयोग बढाउने सरकारको प्रभावकारी नीति देखिएन, किन उस्तै समस्या हो ?
कृषिमा आत्मनिर्भरता भने सरकारको नारा कागजी मात्र भयो । जबसम्म किसानको श्रमलाई राज्यले संरक्षण गर्दैन्, किसान कृषि व्यवसायबाट पलायन हुदै जाने छन्, यसमा सरकार गंभिर हुन जरूरी छ।
सांसद गौतमले भनिन्, ‘हिजो राष्ट्रवाद र सुधारका नाममा जनतालाई लोभाउने जानेलाई छान्ने नाममा उदायका पाटीका साथीहरूले दोहोरो नीति लिदै आम जनतालाई भ्रमित बनाएको अरुलाई नैतिकताको पाठ पढाएको देख्दा अचम्म लाग्छ । एकतिर कानूनी प्रकृया र नीति छन् संसदको आफ्नै संचालन विधि छ, स्थापित मानक छन् । तर उहाँहरु आफ्नै ढिपिमा हुनुहुन्छ । जसका कारण सिंगो सदनलाई अनावश्यक रूपमा प्रभाव पार्न खोज्नु भएको छ ।’
राजनीति अब नीति र सिद्धान्तको होइन् नाटक र नक्लीपनको अखडा बनेको चर्चा गर्दै सांसद गौतमले भनिन्, ‘जहाँ आँशु, आरोप र अभिनय सबै तयार गर्ने, नाटकको निर्देशक नै सांसद छन् । त्यो सबै नाटकको सेटपपछि जेल भित्रबाट हस्ताक्षर संकलनका नाममा क्युआर कोड पठाएर द्रव्य उठाउने नयाँ राजनीतिक नवाचार यो के हो ? राजनीतिकी रियिलिटि सो सस्तो लोकप्रियताको लोभमा कोठाभित्र स्कृप्ट लेखेर कोठा बाहिर क्रान्तिको दाबा गर्नेहरूले अब लोकतन्त्रको नैतिकता र जनताको भरोसा दुबैमाथि खेलबाड गरेका छन् ।’


प्रतिक्रिया