विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष ऊर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन हुने बताएका हुन्।

यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वाधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिए ।

त्यसैगरी शहरी विकास पूर्वाधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्री पौडेलले स्वदेश तथा विदेशी लगानीबाट उच्च प्रतिफल दिने ठूला आयोजनाहरूमा लगानी हुँदा पूर्वाधार निर्माणमा स्रोतको कठिनाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।