आज पारित गरिँदै काठमाडौं महानगरको बजेट

आज पारित गरिँदै काठमाडौं महानगरको बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक आज (असार ३२) बस्दै छ । गएको आइतबार (असार २९) उपमेयर सुनिता डंगोलले नगरसभामा पेस गरेको बजेट पारित गर्न बैठक बस्न लागेको हो ।

महानगरका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता ध्रुव काफ्लेले पूर्वनिर्धारित समयानुसार आज दिउँसो २ बजे नगरसभा डाकिएको र आइतबार पेस गरिएको बजेट पारित हुने बताए ।

आइतबार उपमेयर डंगोलले आर्थिक वर्ष २०८२/८३ का निम्ति २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन् ।