जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको समर्थन फिर्ता लिने निर्देशन दिएको थियो । पार्टीको निर्देशनको झण्डै एक महिनापछि संसदीय दलले निर्णय गरेको हो ।

जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ ।