काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा १७ औ अधिवेशन दोस्रो बैठकमा उपप्रमुख सुनिता डंगोललाई बधाई दिएकाे छ ।
नगरसभा सदस्य सर्मिला परियारले आफ्नो सम्बोधनका क्रममा उपप्रमुख डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर- २०२५ मा छनोट भएको भन्दै सबै नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरिन् ।
उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाइ नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनिन् । उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरु उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे ।
मेयर साहले पनि उठेर ताली बजाएर बधाई ज्ञापन गरे । त्यसपछि नगरसभा सदस्य परियाले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरिन् ।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी थिइन् ।
डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् ।


प्रतिक्रिया