गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद



मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले बिहीबार बिहान ३२३ किलो गाँजा फेला पारेको हो। मोरङ प्रहरीका अनुसार गाँजा बेवारिसे अवस्थामा १० वटा बोरामा प्याक गरिएको थियो।

सशस्त्र प्रहरीको सहयोगमा गाँजा खोलाबाट उठाएर प्रहरी कार्यालयमा राखिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।