काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा सहभागी गराउन १६ हजार १३७ विद्यार्थी छनोट गरेको छ।
महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्येबाट विद्यार्थी छनोट गरिएको हो। छनोट भएकामध्ये ११,५९० जना विज्ञान, ४,१६४ व्यवस्थापन, ९५ शिक्षा, ३२ मानविकी र २५६ जना कानून सङ्कायका छन्।
छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत जानकारी दिइसकिएको छ। उनीहरूले आजदेखि महानगरको वेबसाइट https://entrance.kathmandu.gov.np/ मा गई आवश्यक विवरण भरेर ‘एडमिट कार्ड’ डाउनलोड गर्न सक्नेछन्।
छात्रवृत्ति प्रवेश परीक्षा पर्सि शनिबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुनेछ। नतिजा प्रकाशनपछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ।


प्रतिक्रिया