शैक्षिक हडताल : विद्यार्थी, अभिभावक र विद्यालय अन्योलमा

शैक्षिक हडताल : विद्यार्थी, अभिभावक र विद्यालय अन्योलमा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । अखिल क्रान्तिकारीको आह्वानमा अधिकांश शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज केही विद्यालय र कलेजहरुको पढाइ प्रभावित भएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित एक दिन आम शैक्षिक हड्ताल गरेको हो ।

विद्यालय अचानक बन्द भएपछि बिहान विद्यालय पठाएका विद्यार्थीहरू समयमा सूचना नपाउँदा समस्यामा परेका छन् । कतिपय विद्यालयहरूमा अहिले आन्तरिक परीक्षा पनि सञ्चालन भइरहेका छन् ।