काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २०० रुपैयाँले बढेर १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २२८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया