काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पोखरेलले पार्टीको ‘मिसन ८४’ सफल बनाउन बलियो नेतृत्व र एकताबद्ध संगठन अपरिहार्य भएको उल्लेख गरे। उनले यस्तो नेतृत्व सुनिश्चित भइसकेको समेत बताए।
उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। ‘मिसन ८४’ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’
बिहीबार अबेरसम्म बसेको नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ। सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको छ ।


प्रतिक्रिया