काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारीसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।
भण्डारीको निजी निवास भंगालमा डा. कोइराला र भण्डारीबीच भएको पौने एक घण्टा लामो भेटवार्तामा विद्याले आफू राजनीतिमा हामफालेको भन्दै नैतिक समर्थन मागेकी छन् ।
भण्डारीले भेटमा भनिन्, ‘म अब सक्रिय राजनीतिमा फर्किएको छु । तपाईं पनि देशको पक्षमा काम गर्न लागिपर्नुभएको छ । तपाईंले सहयोग गर्नुहुन्छ भन्ने आस राखेको छु ।’
डा. शेखरले आफ्नो नैतिक समर्थन रहने आश्वासन दिँदै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् ।
“वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्र गरी सुशासन कायम हुने अपेक्षा गरेका थियौँ । तर, भ्रष्टाचारको दर घट्न सकेन,” डा. शेखरको भनाइ उदृत गर्दै सचिवालयले भन्यो, “म एक्लै बोलिरहेको छु । तर, परिणाम हासिल हुन सकेन । अब भ्रष्टाचारविरुद्ध तपाईंले पनि आफ्नो ठाउँबाट आवाज उठाउन सुरु गर्नुपर्यो ।”
दुई नेताबीच आआफ्नो ठाउँबाट साझा मुद्दामा सहकार्य गर्ने समझदारी कायम भएको बताइएको छ । दुई नेताबीच ‘वान अन वान’ वार्ता भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको भोलिपल्टै कोइराला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन् ।
प्रचण्ड र कोइरालाबीच बिहीबार दिउँसो करिब डेढ घन्टा कुराकानी भएको थियो ।


प्रतिक्रिया