काठमाडौं । शिक्षा ऐनको बहानामा शैक्षिक हड्तालको आह्वान गरेका नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले काठमाडौंको नयाँ बसपार्कस्थित तक्षसिला स्कुलको बसमा तोडफोड गरेका छन्।
मनमैजु क्षेत्रमा स्कुल बन्द गराउँदै हिँडेका उनीहरूले बन्दको अवज्ञा गरेको भन्दै स्कुल बसमा क्षति पुर्याएका हुन्। विद्यालयका अनुसार बस केहीबेर उनीहरूको नियन्त्रणमा पनि थियो।
तक्षसिला स्कुलका प्रिन्सिपल मोदराज पाण्डेका अनुसार, बस चालकले फोन गरेर तोडफोड भएको र बस अझै स्कुल नपुगेको जानकारी दिए।
अखिल (क्रान्तिकारी)ले आज शैक्षिक हड्तालको घोषणा गरेका थिए। राजधानीका रत्नराज्य मावि लगायत खुलेका अन्य विद्यालयहरू पनि जबरजस्ती बन्द गराउँदै उनीहरू आन्दोलनमा उत्रिएका छन्।


प्रतिक्रिया