काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानमा आफूहरू सक्रिय रहेको बताएका छन्।
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँगको पार्टी एकता घोषणा सभामा बोल्दै उनले अन्य वाम घटकहरूसँग पनि एकतासम्बन्धी छलफल जारी रहेको जानकारी दिए।
उनले भने, ‘एकताबद्ध भएर जान चाहनेहरूसँग हामीले सहकार्य पनि गरेका छौँ, सहकार्य मात्रै होइन मोर्चा पनि बनाएर अघि बढेको छौँ । समाजवादी मोर्चा हाम्रो पार्टी पनि छ, माओवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा पनि सहभागी छ । उहाँहरूसँग मोर्चा बनाउँदै साझा विषयहरूमा आन्दोलन गर्दै अगाडि बढिरहेको छौँ, विचार सिद्धान्त, मन र भावना मिलेको खण्डमा त्यस्ता समूहहरूसँग मिलेर अगाडि बढ्नसक्छौं ।’


प्रतिक्रिया