काठमाडौं । नेकपा (एमाले)मा केन्द्रीय सचिवालय हटाउने प्रस्ताव आएको छ । शुक्रबार च्यासलमा बसेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा सचिवालय नै हटाउन प्रस्ताव गरिएको हो ।
उपाध्यक्ष विष्णु पौडेलले बैठकमा प्रस्ताव गरेकाे विधानमा वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको नेता रहने प्रस्ताव गरिएको छ ।
बैठकमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव एक, सातजना सचिव, १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउन प्रस्ताव गरिएको छ ।
बिहीबार राति अबेर सकिएको सचिवालय बैठकमा भएको सहमतिअनुसार विधान संशोधन प्रस्ताव पोलिट्ब्युरोमा पेस गरिएको हो ।
सचिवालय बैठकले चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ ।
अब एमालेमा तीन तहका संरचना; स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् ।


प्रतिक्रिया