काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुईदिने भारत भ्रमण तय भएको छ । उनले आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तय भएको हो ।
भारतको औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो प्राप्त भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएकाे छ ।
ओली ०८१ असार ३१ गते प्रधानमन्त्री भएका थिए । यस अवधिमा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दुईपटक भेटवार्ता भएको छ । दुवै भेटवार्ता गत वर्ष अमेरिका र थाइल्यानडमा भएका थिए ।
गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा भागलिने क्रममा अमेरिकाको न्युयोर्क र बिमस्टेक शिखर सममेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा ओली र मोदीबीच भेटवार्ता भएको थियो ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी आगामी नोभेम्बरमा नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले केही दिनअघि दिएको एक अन्तर्वार्तामा मोदी नेपाल आउने तयारी भइरहेको बताएका थिए ।


प्रतिक्रिया