काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई सन् २०२४ को डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ। सिंगापुरमा सम्पन्न आइसिसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ (क्यान) लाई यो सम्मान दिइएको हो।
सभामा आइसिसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड हस्तान्तरण गरेका थिए।
नेपालले यो अवार्ड दोस्रोपटक प्राप्त गरेको हो। यो पुरस्कार आइसिसी विकास श्रेणी अवार्ड अन्तर्गत प्रदान गरिएको हो। एसिया क्षेत्रको विजेता बनेको नेपालले त्यसपछि ग्लोबल छनोटमा स्थान बनाएको थियो।
ग्लोबल छनोटमा एसियाबाट नेपाल, अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट इन्डोनेसिया सहभागी थिए।


प्रतिक्रिया