अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच एमाले मुख्यालय च्यासलमा भेटवार्ता

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच एमाले मुख्यालय च्यासलमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच अहिले भेटवार्ता भइरहेकाे हाे ।

उनले भने, “भेटवार्ता भर्खरै सुरु भएको छ । यो उहाँहरुबिचको नियमित भेट हो ।”

पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारी करिब १० वर्षपछि एमाले कार्यालय पुगेकी छन् । भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए ।

भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष ओली पनि च्यासल पुगेका हुन् ।