काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका सांसदहरुको राष्ट्रियसभामा संघीय निजामति विधेयकमा हालेको संशोधन आपत्तिजनक रहेको बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभइ उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ । साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’ नेता कोइरालाले अगाडि भनेका छन् ।
राष्ट्रियसभामा एमालेले कुलिङ पिरियड नराख्ने संशोधन दर्ता गराएपछि डा. कोइरालाको यस्तो भनाइ सामाजिक सञ्जालमार्फत् बाहिर आएको हो ।


प्रतिक्रिया