काठमाडौं। शेयर बजारमा लगातार पाँचौँ दिन वृद्धि जारी रहेको छ। सोमबार नेप्से परिसूचक २१.७६ अङ्कले उकालो लागेर २,८९२.७२ बिन्दुमा पुगेको छ, जुन पछिल्ला ११ महिनामै उच्च बिन्दु हो।
गएको भदौ ९ गते नेप्से यति नै बिन्दुमा पुगेको थियो। आज सबै समूहको सूचक हरियो बनेको छ, जसमध्ये माइक्रोफाइनान्स समूह १.९३% र अन्य समूह १.८४% ले वृद्धि भएको छ।
उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरूमा थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी रहेका छन्, जसको शेयर मूल्य आज १०% ले उकालो लाग्यो।
तर, ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकका शेयरमा भने १०% ले गिरावट आयो।
यद्यपि नेप्से सूचक बढे पनि कारोबार रकम घटेर १६ अर्ब ३२ करोडमा सीमित भयो। हिजो ११ महिनाको उच्च कारोबार २१ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो।


प्रतिक्रिया