काठमाडौं । माओवादी केन्द्रका राष्ट्रियसभा सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीकै संरक्षणमा देशभर भ्रष्टाचार फैलिएको गम्भीर आरोप लगाएका छन्।
राष्ट्रियसभा बैठकमा उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्ड अब निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ।’
उनले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई ‘गाला मुसारेर मन्त्रिपरिषद्मा राखिन्छ’ भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरे।
आलेले थपे, ‘थेग्न नसकिएपछि बल्ल निलम्बन गर्नुहुन्छ।’ उनले एक मन्त्री कारबाहीमा परे पनि अर्को मन्त्री ‘पाइपलाइन’ मा रहेको भन्दै ‘उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन?’ भनी प्रश्न उठाए।


प्रतिक्रिया