केन्द्रीय कमिटी बैठकमा उषाकिरण तिम्सेनाको दमदार प्रस्तुति, नेतृत्व हेरेको हेरै

केन्द्रीय कमिटी बैठकमा उषाकिरण तिम्सेनाको दमदार प्रस्तुति, नेतृत्व हेरेको हेरै


ग्लोब नेपाल
5.7k
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको पक्षपोषण र पूर्वराष्ट्रपति विद्या भण्डारीको बद्ख्याइ गरेको सुन्न पाइयो । तर अध्यक्ष केपी शर्मा ओलीको हेपाइबाट नआत्तेकी युवा नेतृ उषाकिरण तिम्सेनाको प्रस्तुति अरुको भन्दा पृथक मात्र थिएन, दमदार पनि रह्यो । पार्टी व्यक्तिको इसारामा होइन, विधि र विधानबाट सञ्चालन हुनुपर्ने उनको प्रस्तुतिको जिस्ट थियो ।

उनले कुनै पनि फौजदारी अभियोग नलागेका सदस्यको सदस्यता खोस्न नपाइने व्यवस्था कायम हुनुपर्ने बताइन् । उनले भनिन्, ‘विधानमा एउटा अपरिहार्य बुँदा थपिनुपर्छ ।

संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागिकन खोस्न नपाइने व्यवस्था कायम गरियोस् ।’ उनले पार्टी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले राखेको प्रतिवेदनमा आलोचनात्मक समर्थन रहेको जानकारी गराइन् । ‘एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुगेको कुरा त्यति शोभनिय लागेन, मौखिक भाषण गर्दा पेश गर्नुभएका दाबीहरू अपूरा छन्,’ उनले भनिन्, ‘पार्टी कमिटीभित्र तपाईंहरूले पेस गर्नु भएका कुराहरू समाजमा मेल खाँदैनन् ।’

उनले काठमाण्डूमा प्रतिगामी तत्वहरूले गरेका प्रदर्शनका क्रममा पार्टी नेतृत्व गम्भीर नभएकोप्रति ध्यानाकर्षण गराइन् । कुनै व्यक्ति विशेषलाई हेरेर पार्टीको विधान बदल्नु भन्दा संगठनलाई बलियो बनाउनेगरी विधान संशोधन गर्न सुझाव दिइन् । ‘वर्तमान अध्यक्ष कमरेडेले २ वर्षे कार्यकाल चलाइ सक्नुभयो ।

उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनुभएको छ,’ तिम्सेनाले भनिन्, ‘अब निशर्त नेतृत्व हस्तान्तरण पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो । कोअर्डिनेसन केन्द्रदेखिका कमरेडहरू हुनुहुन्छ, आपसी समझदारीमा जो अध्यक्ष भएपनि कमिटी माहतत रहेर पार्टी चल्ने कुराको ग्यारेण्टी अबको विधानले निर्धारण गर्नुपर्छ ।’ उनले पार्टी घेराबन्दीमा पर्‍यो भन्नुभन्दा पनि त्यो तोड्न किन नसकेको भन्दै प्रश्न गरिन् ।