विधायन व्यवस्थापन समितिमा पुग्याे निजामती विधेयक

विधायन व्यवस्थापन समितिमा पुग्याे निजामती विधेयक



काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

आज बसेको राष्ट्रियसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक–२०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा बैठकबाट पारित विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ मा जालझेल गरिएको पाइएपछि छानबिन गर्न संसदीय समिति गठन भएको छ ।

त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते बस्ने गरी स्थगित भएको छ ।