काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा बोल्ने धेरैजसो नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा राखेका छन् ।
पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा धेरैजसो केन्द्रीय कमिटीका नेताहरूले भण्डारी पूर्वराष्ट्रपति भएकाले राजनीतिमा आउन नहुने धारणा राखेको जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सञ्चारकर्मीसँग बर्तौलाले केन्द्रीय कमिटीका धेरैजसाे सदस्यहरूले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको, पार्टी राजनीतिमा आउने कुरा प्रणालीका लागि र व्यवस्थाका लागि राम्रो हुँदैन भन्ने कुरा राखेको अनि यसबारे पार्टीले आवश्यक निर्णय लिनुपर्ने सुझाव आएको उनले जानकारी दिए ।
हिजोदेखि शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी भइरहेको प्रमुख सचेतक बर्तौलाले बताए ।


प्रतिक्रिया