कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनँ : वामदेव गौतम

कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनँ : वामदेव गौतम



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन् ।

काठमाडौंको कीर्तिपुरमा आज ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरे ।

नेता गौतमले काम दिनका निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरे । उनले कामविनाको पद आफूलाई नचाहिने बताए ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच गएको साउन २ गते एकता घोषणा भएको थियो ।