प्रतिनिधिसभामा सांसद खतिवडाले सुनाए खानेपानी मन्त्री हराएको सूचना

प्रतिनिधिसभामा सांसद खतिवडाले सुनाए खानेपानी मन्त्री हराएको सूचना



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एक महिनादेखि खानेपानी मन्त्री हराएको सूचना प्राप्त भएकाे बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण समेत गराए । यो विषयमा खानेपानी मन्त्रालयले आवश्यक पहल लिनुपर्ने उनको आग्रह छ ।

‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसद्‍मा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु,’ उनले भने ।

आज नै सरकारले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।