आयोजनास्थलका लागि एनआरएनएद्वारा बोलपत्र आह्वान

आयोजनास्थलका लागि एनआरएनएद्वारा बोलपत्र आह्वान


ग्लोब नेपाल
405
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टुबर ११ देखि १४ तारिखसम्म काठमाडौंमा हुने १२ औं विश्व सम्मेलन र अन्तर्राष्ट्रिय महासभाका लागि आयोजनास्थल उपलब्ध गराउने होटलका लागि बोलपत्र आह्वान गरेको छ ।

उद्घाटनका लागि ८ सय र समापनका लागि ५ सय जनालाई पुग्ने बैठक हल, क्याटरिङ सेवा र सुत्नका लागि सयवटा कोठा उपलब्ध गराउन सक्ने पाँच तारे होटलले मात्र टेन्डर हाल्न पाउने छन् । आयोजकलाई चाहिने सजावट, ब्रान्डिङ, रजिस्ट्रेशन र अडियो भ्युजल सम्पूर्ण कुरा उपलब्ध हुनुपर्नेछ ।

आयोजकलाई चाहिने सम्पूर्ण मापदण्ड एनआरएनएको वेभसाइटमा राखिएको छ । सेवा दिन इच्छुकले त्यसलाई डाउनलोड गरेर अध्ययन गर्न सकिने सूचनामा उल्लेख छ । मापदण्ड पुगेका होटलले एनआरएनए कार्यालयको सचिवालयमा अगस्ट ७ साँझ ५ बजेसम्म टेन्डर हाल्न सक्ने सूचनामा जनाइएको छ ।