चीनबाट आयात हुने सामग्रीको भन्सार प्रक्रिया पुनःसञ्चालन

चीनबाट आयात हुने सामग्रीको भन्सार प्रक्रिया पुनःसञ्चालन



काठमाडौं । १३ दिनसम्म रोकिएको रसुवाको केरुङ नाकाको भन्सार प्रक्रिया फेरि सञ्चालनमा आएको छ ।

गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीमा जोगिएका सामान सुरक्षित ठाउँमा राखिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।

उनका अनुसार सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा गरी सामान काठमाडौं पठाइएको छ ।

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवम् १९ वटा विद्युतीय कार काठमाण्डौतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।