एमाले पछि हटेपछि दफावार छलफल लागि समितिमा पठाइयो भूमि विधेयक

एमाले पछि हटेपछि दफावार छलफल लागि समितिमा पठाइयो भूमि विधेयक



काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदीय समिति पठाइएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन राखेको प्रस्ताव सदनले स्वीकृत गरेको हो ।

भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि फिर्ता लिएको थियो । उही प्रावधानसहित विधेयक ०८२ वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

विधेयक प्रतिनिधिसभाबाट असार २५ गते पारित गराउने सरकारी योजना थियो । नेकपा एमालेले यो विधेयकलाई फास्ट र्ट्याकमा अगाडि बढाउन खोजेको थियो । तर, सत्तारूढ नेपाली कांग्रेसले समिति पठाउनुपर्ने अडान राखेपछि कार्यसूचीबाट हटाइयो ।

विधेयकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको संशोधन छ । उनीहरूले आफूहरूको संशोधन स्वीकार गरे संसद्‌बाटै पारित गर्न सकिने बताएका थिए । कांग्रेसका सांसदहरूसँग छलफलसेमत भएको थियो ।

तर, संशोधन स्वीकार गर्न एमाले तयार भए पनि फेरि कांग्रेसले विधेयक समितिमै लैजानुपर्ने अडान राख्यो । त्यसपछि सत्तारूढ नेकपा (एमाले) प्रतिनिधिसभाबाट सिधै पारित गर्ने पछि हट्यो र समितिमा लैजान तयार भएकाे हाे ।