काठमाडौं । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषण गरेको छ । प्रवक्ता गुरुङ भने, ‘नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’



प्रतिक्रिया