ब्रसेल्स । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महत करिब दुई साता लामो युरोप भ्रमणमा निस्केका छन्। शुक्रवार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको अधिवेशन उद्घाटनपछि नेता महत बेल्जियमका लागि प्रस्थान गर्ने छन्।
बेल्जियममा सोमवार नेपाली जनसम्पर्क समिति, बेल्जियमले समितिको ५० औं वार्षिकोत्सव एवं बेल्जियम समिति स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा एक विशेष कार्यक्रम गर्न लागेको छ। प्रमुख अतिथिको रुपमा नेता महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसका साथै युरोपमा रहँदा पार्टीका अन्य समिति र शुभेच्छुकहरुसँगको कार्यक्रम र भेटघाटमा नेता महत सहभागी हुनु हुनेछ।
नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति,बेल्जियमका सभापति सुबाश गुरुङलाई पत्राचार गर्दै पार्टी नेता महत युरोपमा रहँदा उहाँको अन्य कार्यक्रमको व्यवस्थापन गर्न जिम्मेवारी दिइएको छ। पत्रमा भनिएको छ- ‘बेल्जियममा रहँदा युरोपका नेपाली जनसम्पर्क समितिका साथीहरुसँग समसामयिक विषयमा संयुक्त रुपमा छलफल र अन्तरक्रिया गर्नु हुने कार्यक्रमका लागि नेता महतसँग आवश्यक समन्वय गरी कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्नुहुन निर्देशनानुसार अनुरोध गरिन्छ। ‘
ओखलढुंगामा शैक्षिक सहयोगका लागि बेल्जियममा कार्यक्रम
नेपाली जनसम्पर्क समिति, बेल्जियमले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाका कम आयस्रोत भएका एवं जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न सोमवार एक च्यारिटी कार्यक्रम गर्न लागेको छ। कार्यक्रमबाट संकलित रकम ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका कम आयस्रोत भएका एवं जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराउन खर्च गरिनेछ।
यसका साथै समितिको स्थापना दिवसको अवसर समेत भएकोले सोही समितिका पूर्व सभापतिहरुको सम्मान गर्ने कार्यक्रम रहेको समितिका सभापति सुवाश गुरुङले जानकारी दिएका छन्।



प्रतिक्रिया