काठमाडौं । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन् ।
संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिकाे दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकाे बिहान १० बजे सुरु हुने बैठकमा “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२” मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा “मिडिया काउन्सिल विधेयक, २०८०” का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ ।
सार्वजनिक लेखा समितिकाे बिहान ११ बजे बस्ने ४७औँ बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ ।
त्यसैगरी विधायन व्यवस्थापन समितिकाे बिहान ११:३० बजे बस्ने ९९औँ बैठकमा “जलस्रोत विधेयक, २०८१” माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।


प्रतिक्रिया