आफू अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न जनार्दनकाे आग्रह

आफू अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न जनार्दनकाे आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे विभिन्न माध्यमबाट भइरहेको टिका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पछिल्लो समय अध्यक्ष प्रचण्ड र आफूबिच देखिएको अन्तर्विरोधलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टिका टिप्पणी भएको प्रति चासो व्यक्त गरेका हुन् । आफू अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न समेत उनले आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु’, उनले लेखेका छन् ।