एमालेकाे अपानि जारी : पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण प्रक्रिया मिलेन

एमालेकाे अपानि जारी : पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण प्रक्रिया मिलेन



काठमाडौं । नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी गर्दै पुर्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै नेता भएकाले पार्टीको कार्यकर्ता बन्न नहुने जनाएको छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीले ३० पेज लामो अपानि १२ जारी गर्दै नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा मातहतका कमिटीमा पठाएका हुन् । अध्यक्ष ओलीले जारी गरेको अपानिमा भण्डारी सिंगै राष्ट्रको नेता भइसकेकाले अब पार्टीको कार्यकर्ता बन्न नहुने उल्लेख छ ।

अपानिमा भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्नेमा जोड दिइएको छ । एमालेले भण्डारी राष्ट्रको नेता भएकाले सक्रिय राजनीतिमा आउन नहुने र एमालेले कार्यकर्ता बनाउन नहुने तथा अध्यक्ष भए पनि कार्यकर्ता नै हुने एमालेको भनाइ छ ।