बहादुरसिंहले गुमाए संसदीय दलको हैसियत

बहादुरसिंहले गुमाए संसदीय दलको हैसियत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

अविश्वासको पक्षमा भने २२ मत परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

यो सँगै लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।