काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया