काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे भन्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बढी खर्च गरेको देखिएको छ ।
प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ ।
उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको लेखा शाखाबाट प्राप्त विवरणमा ओलीको पालामा भन्दा प्रचण्डको पालामा २ करोड बढी खर्च सचिवालय संचालनमा भएको देखिएको हाे ।
प्रधानमन्त्री कार्यालयको वासलातअनुसार विभिन्न शीर्षकहरूमा खर्चलाई तुलनात्मक रूपमा हेर्दा सबैभन्दा ठूलो अन्तर पारिश्रमिक, इन्धन, सवारीसाधन मर्मत र विविधमा देखिएको छ ।


प्रतिक्रिया