लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अंकले घट्याे

लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अंकले घट्याे



काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ९३ अंकले घटेर २ हजार ९ सय ५४ दशमलव १४ विन्दुमा झरेको छ ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज ग्रीन विकास बैंकको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ सय २७ वटा कम्पनीका ३ करोड ६४ लाख कित्ता शेयर १६ अर्ब ४४ करोड रुपैयाँ किनबेच भएको छ ।

नेप्से र कारोबार रकम घटेसँगै बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति पनि अहिलेसम्मकै उच्च ५० खर्ब रुपैयाँबाट तल झरेको छ । आज बजार पूँजीकरण ४९ खर्ब २९ अर्ब रुपैयाँमा आइपुगेको छ ।